रिडी–तम्घास सडक खण्ड दैनिक १२ घण्टा बन्द हुने

यो र अवधिमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ । मुख्य सडक बन्द भएपछि वैकल्पिक सडकका लागि पानीट्याङ्की–थोर्गा–स्यालपोखरी–सालबिसौनीबाट रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी तथा घुम्तीबाट–चारापाला–खज्र्याङ हुँदै रिडी सडक प्रयोग गर्न सकिने कार

रिडी–तम्घास सडक खण्ड दैनिक १२ घण्टा बन्द हुने
गुल्मी। मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक आजदेखि तीन हप्तासम्म १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका अनुसार रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले आजदेखि आउँदो असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुनेछ । यो र अवधिमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ । मुख्य सडक बन्द भएपछि वैकल्पिक सडकका लागि पानीट्याङ्की–थोर्गा–स्यालपोखरी–सालबिसौनीबाट रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी तथा घुम्तीबाट–चारापाला–खज्र्याङ हुँदै रिडी सडक प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ । रिडी–तम्घास सडकखण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ ।