यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेललाई जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको भ्रमण पनि स्वीकृत गरेको छ। सोपश्चात संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। त्यस्तै वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको हो।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा भद्रकाली पोखरेल नियुक्त भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्चको मुख्य रजिष्ट्रारमा भद्रकाली पोखरेल नियुक्त गर्ने निर्णय गरेको हो। नायब महान्यायाधिवक्तामा खेमराज ज्ञवाली र न्याय परिषद्को सचिवमा यमबहादुर बुढा मगरलाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, राष्ट्रपति रामचन्द्र पौडेललाई जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको भ्रमण पनि स्वीकृत गरेको छ। सोपश्चात संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। त्यस्तै वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको हो। तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृत दिने निर्णय समेत गरेको हो।