काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न भिसा (प्रवेशाज्ञा) दिन फेरि अस्वीकार गरेको छ ।
सन्दीपलाई बिहीबार अन्तर्वार्ताका लागि बोलाए पनि अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ । निलम्बन फुकुवा भएपछि सन्दीपले अमेरिकाको भिसाका लागि आवेदन दिँदा गत साता पनि दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो ।
त्यसपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत उनलाई भिसा दिलाउन पहल गरिने बताएका थिए ।
त्यसपछि क्यानको आग्रहमा सरकारले कूटनीतिक च्यानलबाट भिसाका लागि प्रयास गरेको थियो ।
आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ । नेपाली टोली अहिले अमेरिकामा अभ्यास खेल खेलिरहेको छ । यससँगै नेपालका प्रमुख बलर सन्दीपले विश्वकप गुमाउने सम्भावना प्रबल बनेको छ ।
सन्दीपलाई भिसा दिन अमेरिकाद्वारा फेरि अस्वीकार
आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ । नेपाली टोली अहिले अमेरिकामा अभ्यास खेल खेलिरहेको छ । यससँगै नेपालका प्रमुख बलर सन्दीपले विश्वकप गुमाउने सम्भावना प्रबल बनेको छ ।