काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन तोलाको १ लाख २९ हजार ८ सय रुपैयाँ हुँदा चाँदी १ हजार ९ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ।
बुधबार सुनको छापावाल सुन तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँ हुँदा चाँदी १ हजार ९ सय रुपैयाँ थियो।
तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन तोलाको १ लाख २९ हजार ८ सय रुपैयाँ हुँदा चाँदी १ हजार ९ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ।