काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज पहाडी भू-भागमा बदली हुनेछ भने कोशी प्रदेशका केही तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ । त्यस्तै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागका मेघ गर्जन, चट्याङसहित वर्षा हुन सक्नेछ ।
आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
शुक्रबार कोशी, बागमती, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही भू-भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । त्यस्तै शनिबार कोशी र बागमतीका साथै पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
कस्तो रहला आगामी तीन दिनको मौसम ?
आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।