काठमाडाैं । प्रहरीले गुण्डागर्दी गर्दै विभिन्न किसिमका धाकधम्की दिने समूहलाई पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित बस्ने अभिषेक सिंह र कलंकी घर भई बस्ने वर्ष २६ को सुजन कार्की रहेका छन् ।
उनीहरुले गुण्डागर्दी शैलीमा स्थानीयलाई गाली गलौज गर्दै विभिन्न किसिमका धाकधम्की दिई हातपात तथा लछारपछार समेत गरी अभद्र व्यवहार गरेको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
प्रहरीका अनुसार प्रतिवादी अभिषेक सिंह बैकिङ कसूर मुद्दामा समेत फरार रहेको पाइएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गुण्डागर्दी तथा रकम असुलीमा संलग्न दुई जना पक्राउ
उनीहरुले गुण्डागर्दी शैलीमा स्थानीयलाई गाली गलौज गर्दै विभिन्न किसिमका धाकधम्की दिई हातपात तथा लछारपछार समेत गरी अभद्र व्यवहार गरेको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।