काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा कार सडकबाट खस्दा ३ जनाको मृत्यु भएको छ। हेटौंडा–भैसे–भीमफेदी– काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार सडकबाट २५० मिटर तल खसेको थियो।
उक्त दुर्घटनामा दुई बालिकासहित तीन जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार अपरान्ह अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
घाइते ५ जना मध्ये तीन जनाको उपचारका क्रममा हेटौंडामा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। घाइतेहरुको हेटौडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। घाइते र मृतकको पहिचान भने हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार भिरबाट खस्यो, दुई बालिकासहित तीनको मृत्यु