काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौँ ल्याइने भएको छ।
जेठ ८ देखि प्रहरी नियन्त्रणमा रहेका उनको स्वास्थ्य स्थिति खस्किँदै गएपछि थप उपचारका लागि धनुषाबाट काठमाडौँ ल्याउन लागिएको हो। उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गर्ने तयारी छ।
जनकपुरबाट हवाइमार्गबाट काठमाडौँ ल्याउन लागिएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनलाई पक्राउ गर्दा प्रहरीले काठमाडौँबाट जनकपुरसम्म गाडीमै लगेको थियो। सिरोहिया विगत ५ दिनदेखि अस्पतालमा छन्।
धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा बिरामी परेपछि उनी जेठ ११ गते जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका हुन्। उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि गत शुक्रबार साँझ सुरुमा जनकपुर प्रादेशिक अस्पताल लगिएका उनलाई थप उपचारका लागि जनकपुरमै रहेको काव्या अस्पताल भर्ना गरिएको थियो।
परिवारका अनुसार सिरोहियालाई पहिलेदेखि नै मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए।
कैलाश सिरोहियालाई हवाइमार्गबाट काठमाडौं ल्याइँदै