बजेट वक्तव्यको समय दुई घण्टा सर्‍यो

‘सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि (दिउँसो ३ बजे) का लागि सारिएको छ,’ संसद् सचिवालयले भनेको छ। आजको बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्।

बजेट वक्तव्यको समय दुई घण्टा सर्‍यो
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आह्वान भएको संघीय संसद्को संयुक्त बैठकको समय सारिएको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरकारको अनुरोधमा दिउँसो ३ बजेसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ। ‘सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि (दिउँसो ३ बजे) का लागि सारिएको छ,’ संसद् सचिवालयले भनेको छ। आजको बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्।