फाइल तस्बिर
काठमाडौं । विश्वकपको तयारीमा रहेको नेपालले क्यानडाविरुद्धको पहिलो औपचारिक अभ्यास खेलमा जितका लागि १८४ रनको लक्ष्य पाएको छ।
डालासको ग्रान्ड प्रेरी रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८३ रन बनाएपछि नेपालले जितको लागि १८४ रनको लक्ष्य पाएको हो।
क्यानडाका लागि निकोलस किर्तनले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले। रविन्द्रपाल सिंहले १७ बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ४१ रन बनाए। नवनित धालीवालले २७ बलमा ३२ तथा प्रगत सिंहले १० बलमा १३ रन बनाए।
नेपालका लागि अभिनास बोहराले २ तथा करण केसी, सोमपाल कामी, गुलसन झा, सागर ढकाल र ललित राजवंशीले समान १-१ विकेट लिए।
नेपाललाई क्यानडाले दियो १८४ रनको लक्ष्य