कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

नागरिकता कसुरमा अनुसन्धान गर्न भन्दै सिरोहियालाई जेठ ८ गते काठमाडौँस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी धनुषा लगेको थियो।

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नागरिकता विवादमा धनुषा प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। धनुषा जिल्ला अदालतले तेस्रोपटक हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपका लागि अनुमति दिएको हो। यसअघि तीन/तीन दिनकै दरले २ पटक म्याद थपिसकिएको छ। नागरिकता कसुरमा अनुसन्धान गर्न भन्दै सिरोहियालाई जेठ ८ गते काठमाडौँस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी धनुषा लगेको थियो।