कांग्रेसका सांसदहरूले गरे संसद बैठकमा नाराबाजी

बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर विरोध गरेका थिए। साथै विपक्षी दलहरूले पनि उठेर विरोध गरेका थिए। सभामुख देवराज घिमिरले आज शून्य र विशेष समयको कार्यक्रम नरहेको पनि जानकारी गराएका थिए।

कांग्रेसका सांसदहरूले गरे संसद बैठकमा नाराबाजी
काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक सुरू भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब एक घन्टा ढिलो गरी सुरू भएको छ। बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर विरोध गरेका थिए। साथै विपक्षी दलहरूले पनि उठेर विरोध गरेका थिए। सभामुख देवराज घिमिरले आज शून्य र विशेष समयको कार्यक्रम नरहेको पनि जानकारी गराएका थिए। राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई सभामुख घिमिरेले बोल्न समय दिएका छन्। उनले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्। सभामुख घिमिरे कार्यसूचीमा प्रवेश गरेका थिए। कांग्रेस सांसदहरूले वेल घेराउ गरेका छन्। सभामुख घिमिरेले कार्यसूचीमा सामान्य हेरफेर गरेको जानकारी गराएका थिए। उनले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गर्न अनुमति दिएका छन्। कांग्रेसका सांसदको वेल घेराउबीच अर्थमन्त्री पुनले प्रतिवेदन पेस गरेका छन्।