फाइल तस्बिर
काठमाडौं । मुगुमा विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बिहीबार मध्यान्ह १२ बजेतिर खत्याड गाउँपालिका वडा नम्बर २ सेरिजाममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए।
ग १ ज ८२४९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो। जिपमा बाजुराको बुढिगंगा जनप्रकाश माविका विद्यार्थीहरू र शिक्षक सवार थिए। १४ जनालाई सामान्य चोट लागेको प्रहरी निरीक्षक कार्कीले बताए। घाइतेलाई नजिकैको स्वास्थ्य चौकीमा लगिएको छ।
विद्यार्थी लिएर रारा जाँदै गरेको जिप दुर्घटना