कैलाश सिरोहिया पक्राउबारे के भन्छन् प्रधानमन्त्री ?

'अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई,' उनले भने, 'सरकारले रिसइबी साध्यो भन्ने छ नि पत्रकारको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी ?'

कैलाश सिरोहिया पक्राउबारे के भन्छन् प्रधानमन्त्री ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालती प्रक्रियाबाटै पक्राउ परेको बताएका छन् । प्रधानमन्त्री दाहालले सरकारले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधिएको समेत बताएका छन् । हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमपछि पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको बताएका हुन् । 'अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई,' उनले भने, 'सरकारले रिसइबी साध्यो भन्ने छ नि पत्रकारको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी ?' कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।