सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला नौ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।