काठमाडौंको थलीमा शंकास्पद अवस्थामा एक पुरुषको शव फेला

‘हामीलाई बिहान साढे पाँच बजे खबर आयो। शव थलीको उकालामा फेला परेको हो। शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ, हामी पहिचानको कोसिस गरिरहेका छौं,’ प्रहरीले जानकारी दिए।

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा एक पुरुषको शव फेला
काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा शंकास्पद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ। शव बिहान साढे पाँच बजे फेला परेको थली प्रहरीले जानकारी दिएको छ। ‘हामीलाई बिहान साढे पाँच बजे खबर आयो। शव थलीको उकालामा फेला परेको हो। शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ, हामी पहिचानको कोसिस गरिरहेका छौं,’ प्रहरीले जानकारी दिए। प्रहरीका अनुसार कपडाले शवको मुख ढाकिएको छ। घटना स्थलमा दुईवटा ब्लेड फेला परेका छन्। ‘हामीले फेला पर्दा ब्लिडिङ भइरहेको थियो। अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ। मृतक ३५ देखि ४५ वर्ष उमेरको अन्दाज गरेका छौं,’ प्रहरीले जानकारी दिएको छ।