दिलिसा मृत्यु प्रकरण : प्रहरीले गर्‍याे प्रारम्भिक नतिजा सार्वजनिक

प्रहरीले झुण्डिएको कोठाबाट दुईपन्ने लामो सुसाइट नोट समेत फेला पारेको थियो । सो नोटमा बाबुआमालाई सम्बोधन गर्दै माफी मागेको र आफूलाई मर्न बाध्य पार्नेहरुको नाम उल्लेख गरेको कँडेलले पत्रकार सम्मेलनमा बताए । प्रहरीका अनुसार बालिकाले मानसिक र शारीरिक तनाव सहन नसकेकै कारण आफू मर्न बाध्य भएको सुसाइट नोटमा

दिलिसा मृत्यु प्रकरण : प्रहरीले गर्‍याे प्रारम्भिक नतिजा सार्वजनिक
बागलुङ। काठेखोला गाउँपालिका १ खहरेकी १७ वर्षीया दिलिसा भण्डारीको शंकास्पद मृत्युको विषयमा प्रहरीले अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले पत्रकार भेटघाटको आयोजना गरी प्रारम्भिक नतिजाबारे जानकारी गराएको हो । प्रहरीले घटनाको छानबिन गर्न गठित अनुसन्धान समितिले प्रारम्भिक काम थालिसकेको बताएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलका अनुसार धौलागिरी अस्पतालले दिएको पोष्टमार्टमको प्रारम्भिक नतिजा अनुसार बालिकाले झुण्डिएर आत्महत्या गरेको पाइएको छ । 'अस्पतालले ‘ह्याङ्गीङ भन्ने रिपोर्ट दिएको छ', उनले भने, 'भिसेरा रिपोर्ट आएपछि झुण्डिएको हो कि झुण्डाइएको भन्ने विषय थाहा हुन्छ ।' प्रहरीले झुण्डिएको कोठाबाट दुईपन्ने लामो सुसाइट नोट समेत फेला पारेको थियो । सो नोटमा बाबुआमालाई सम्बोधन गर्दै माफी मागेको र आफूलाई मर्न बाध्य पार्नेहरुको नाम उल्लेख गरेको कँडेलले पत्रकार सम्मेलनमा बताए । प्रहरीका अनुसार बालिकाले मानसिक र शारीरिक तनाव सहन नसकेकै कारण आफू मर्न बाध्य भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् । सुसाइट नोट बालिकाले नै लेखेको हो की होइन भन्ने बारे अनुसन्धान गर्न उनले अध्ययन गर्ने विद्यामन्दिर माविको पछिल्लो उत्तरपुस्तिका र सुसाइट नोट भेरीफाईका लागि विधिविज्ञान प्रयोगशाला, काठमाडौं पठाएका प्रहरी प्रमुख कँडेलले बताए । मृतकका बुवाले दिएको किटानी जाहेरीका आधारमा मृतकका श्रीमान, सासु, नन्द र ठुला ससुरालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।