कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी– आज गलत गर्नुभयो, चर्को मूल्य चुकाउनुपर्नेछ

‘तपाईँहरुले आज बहुत गलत गर्नुभयो,’ उनले भने, “यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।”

कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी– आज गलत गर्नुभयो, चर्को मूल्य चुकाउनुपर्नेछ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद अवरुद्ध गरेर विश्वासको मत लिन अवरोध गरेकोप्रति नेपाली कांग्रेससँग असन्तुष्टि जनाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा दोस्रोपटक छलफलमा उठेको विषयमाथि जवाफ दिँदै प्रचण्डले कांग्रेसले असहयोग गरेकोमा गुनासो गरे। ‘तपाईँहरुले आज बहुत गलत गर्नुभयो,’ उनले भने, “यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।”