प्रतिपक्षमा रहेको जनमतले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

गत फागुन २१ गते नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि जनमत पार्टी प्रतिपक्षमा थियो। तर सरकारबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिएसँगै जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको हो। जनमत पार्टीका ६ जना सांसद छन्।

प्रतिपक्षमा रहेको जनमतले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन्। गत फागुन २१ गते नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि जनमत पार्टी प्रतिपक्षमा थियो। तर सरकारबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिएसँगै जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको हो। जनमत पार्टीका ६ जना सांसद छन्। प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।