नेपाली चेली पुनम यादवले चुमेको सफलता

मधेश प्रदेशमा जन्मिएर राजनीतिक एवम् फिल्म निर्माणको क्षेत्रमा आफ्नो पहिचान बनाएकी नेपाली महिला व्यवसायी यादवले हिन्दुधर्मको प्रचारप्रसारका लागि बागेश्वर बाबालाई राममन्दिरको भ्रमण गराउँदैछिन् ।

नेपाली चेली पुनम यादवले चुमेको सफलता
काठमाडौं । नेपाली महिला व्यवसायी पुनम यादवको सक्रियतामा मुस्लिमहरुको बाहुल्यता रहेको देश युएईमा पहिलो पटक द्धिव्यदरबार आयोजना गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको राममन्दिरमा प्रख्यात धिरेन्द्र शास्त्री एवम् बागेश्वर बाबाले प्रवचन दिने कार्यक्रम रहेको छ । मधेश प्रदेशमा जन्मिएर राजनीतिक एवम् फिल्म निर्माणको क्षेत्रमा आफ्नो पहिचान बनाएकी नेपाली महिला व्यवसायी यादवले हिन्दुधर्मको प्रचारप्रसारका लागि बागेश्वर बाबालाई राममन्दिरको भ्रमण गराउँदैछिन् । मे २२ देखि २६ तारिकसम्म आयोजना गरिएको उक्त कार्यक्रममा भगवान हनुमानका अनुयायी बागेश्वर बाबाले हिन्दु धर्मका विषयमा प्रवचन दिने कार्यक्रम रहेको यादवले जानकारी दिइन् । युएईको आबुधाविमा निर्माणाधीन अवस्थामा रहेको राममन्दिरको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । सो पश्चात पहिलोपटक नेपाली महिला व्यवसायी यादवको सक्रियतामा ५ दिनसम्म धार्मिक कार्यक्रम हुन लागेको हो । सो समारोहमा हनुमन्ते कथा पनि बाचन हुने भएको छ । हिन्दु धर्मको प्रचारप्रसार र हनुमन्ते कथाको प्रवचन एवम् भव्य द्धिव्यदरबारको कार्यक्रम हिन्दुधर्ममा आस्था राख्ने सबैलाई आमन्त्रणा गरिएको छ । यादवका अनुसार उक्त दरबारमा आउने दर्शालुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । व्यवसायी क्षेत्रमा फड्को मारेकी यादव राजनीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । व्यवसायीदेखि राजनीतिक हुँदै फिल्म निर्मातासम्म नेपाली महिला व्यवसायी पुनम यादव राजनीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । मधेश प्रदेशमा जन्मिएर मधेशका समस्यालाई विशेष मुद्दा बनाएर उनी राजनीतिक कर्ममा होमिएकी हुन् । राजनीतिकसँगै उनी हिन्दुधर्मको प्रचारप्रसार एवम् सामाजिक काममा पनि आवद्ध छिन् । मुस्लिमहरुको देश संयुक्त राज्य इमिरेडमा पहिलो पटक उनकै सक्रियतामा राममन्दिरमा हिन्दुसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । राजनीतिक, व्यवसायीक र फिल्म निर्माणमा समेत सक्रिय यादव नेकपा माओवादी निकट महिला नेतृ हुन् । केही समय पहिले नेपाली महिला व्यवसायी पुनम यादवले बलिउड फिल्म निर्माण गर्ने घोषणा समेत गरेकी थिइन् ।