कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ ?

‘म गृहमन्त्री हुन नैतिक रुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहीँ कुन नैतिक रुपले मिल्ने रहेछ। अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन। म राजनीतिमा गोपनियतालाई ख्याल राख्ने मान्छे हो,’ उनले भने।

कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ ?
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी दोहो¥याएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले यो अफरबारे पार्टी सभापति शेरबहादुर देउवालाई सदनमै आएर जवाफ दिन पनि चुनौती दिएका छन्। ‘म गृहमन्त्री हुन नैतिक रुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहीँ कुन नैतिक रुपले मिल्ने रहेछ। अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन। म राजनीतिमा गोपनियतालाई ख्याल राख्ने मान्छे हो,’ उनले भने। उनले कांग्रेस सभापति शेरबहादुर देउवाले मान्ने घटालथानमा आफू पनि पुगेको भन्दै त्यही थानलाई साक्षी राखेर जवाफ दिन देउवालाई चुनौती दिएका हुन्।