बागलुङ । राष्ट्रिय जनमोर्चाले बागलुङमा खाता खोलेको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीमा खाता खोलेको हो ।
पाँच दलिय गठबन्धनको तर्फबाट वडा अध्यक्षको साझा उम्मेदवार बनेका लाल बहादुर रानाले १ हजार १ सय ६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका प्रतिद्वन्दी नेकपा एमालेका पदम बहादुर कार्कीले ३ सय ७५ मत प्राप्त गरेका छन् ।
राना सँगै उनको प्यानलका महिला सदस्यमा धना खत्री, दलित महिला सदस्यमा चित्राकुमारी सुनार, खुल्ला सदस्यमा पूर्णबहादुर खत्री र भिमबहादुर थापा विजयी भएका छन् ।
बागलुङमा राष्ट्रिय जनमोर्चाले खोल्यो खाता
बागलुङ । राष्ट्रिय जनमोर्चाले बागलुङमा खाता खोलेको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीमा खाता खोलेको हो । पाँच दलिय गठबन्धनको तर्फबाट वडा अध्यक्षको साझा उम्मेदवार बनेका लाल बहादुर रानाले १ हजार १ सय ६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका पदम बहादुर कार्…

