सालझण्डी-ढोरपाटन सडक निर्माणमा ढिलासुस्ती, नगरपालिकाबाट गएको टोलीले बुझायो ज्ञापनपत्र

सडक निर्माणको काम तत्काल गर्नुपर्ने वा ठेक्का रद्द गरी प्रक्रिया अगाडी बढाउनुपर्ने माग राख्रदै आयोजना प्रमुख अञ्जु परियारलाई ज्ञापनपत्र बुझाइएको ढोरपाटन नगरपालिकाका कार्यपालिका सदस्य दीलिप कुमार थापाले जानकारी दिए ।

सालझण्डी-ढोरपाटन सडक निर्माणमा ढिलासुस्ती, नगरपालिकाबाट गएको टोलीले बुझायो ज्ञापनपत्र
बागलुङ । सालझण्डी ढोरपाटन सडक अन्तर्गत बुर्तिबाङदेखि ढोरपाटन शिकार आक्षण जोड्ने २२ किलोमिटर सडक निर्माणमा ढिलासुस्ती भएको छ । ३ वर्षभित्र सक्नुपर्ने सम्झौता अनुसार कामको जिम्मा लिएको स्वछन्द्र ओमबुद्ध जेबी कन्सक्ट्रसन निर्माण सेवाले विभिन्न बहाना बनाउँदा काममा ढिलासुस्ती भएकाे हाे । सडक निर्माणमा ढिलासुस्ती भएपछि ढोरपाटन नगरपालिका काबा प्रमुख धनबहादुर कायतको नेतृत्वमा गएकाे टाेलीले आयोजना प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाएकाे छ । ३ वर्षमा काम सक्नुपर्ने सम्झौता भएपनि हालसम्म ३० प्रतिशत मात्रै काम भएकाे छ । सडक निर्माणको काम तत्काल गर्नुपर्ने वा ठेक्का रद्द गरी थप प्रक्रिया अगाडी बढाउनुपर्ने माग राख्दै आयोजना प्रमुख अञ्जु परियारलाई ज्ञापनपत्र बुझाइएको ढोरपाटन नगरपालिकाका कार्यपालिका सदस्य दीलिप कुमार थापाले जानकारी दिए । बुर्तिबाङदेखि ढोरपाटन शिकार आक्षणसम्मकाे सडक निर्माण कम्पनीले समयमा काम नसक्दा बोबाङ, अधिकारीचौरलगायतका नागरिकले सास्ती भोग्नु परेको छ । ज्ञापनपत्र बुझ्दै सालझण्डी सन्धिखर्क ढोरपाटन सडक अायोजना प्रमुख परियारले निर्माण कम्पनीलाई पटक पटक ताकेता गरेपनि अटेर गर्ने र ढाट्ने काम गरेकाले काममा ढिलासुस्ती भएकाे स्वीकार गरिन्। यता स्वछन्द्र ओमबुद्ध जेबि कन्सक्ट्रसन प्रतिनिधि दिपेश लामाले जेठ १० गतेदेखि निरन्तर काम प्रतिबद्धता व्यक्त गरेका छन् । ज्ञापन पत्र बुझाउन बागलुङको ढोरपाटन नगरपालिकाका काबा प्रमुख धनबहादुर कायत, नेकपा एमालेका प्रतिनिधि गणेशकुमार थापा , नेकपा माओवादी केन्द्रका भिम गौतम , दीलीपकुमार थापा, राष्ट्रिय जनमोर्चाका दिपक थापा, वडा अध्यक्ष भेकबहादुर खत्री, दिपेन्द्र पुन्, उमेशकुमार बुढा, स्थानीय रमबहादुर घर्ती लगायतको टोली आयोजनाको कार्यालयमा पुगेको थियो ।