बागलुङ । बागलुङका विभिन्न ठाउँलाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्प गएको छ । बुधबार बिहानका राति १ बजेर २३ मिनेटमा बागलुङको ढाेरपाटन नगरपालिकाकाे अधिकारीचौर केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
त्यसपछि २ बजेर ७ मिनेटमा बागलुङ कै ढोरपाटन नगरपालिकास्थित खुङ्गामा केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो। त्यसपछि बिहान ३ बजेर २८ मिनेटमा अधिकारीचौर नै केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पकाे धक्का बागलुङ, गुल्मी, पाल्पा, स्याङजा, रुकुम, रोल्पालगायतका क्षेत्रमा महसुस गरिएको थियो ।
ढोरपाटन केन्द्रबिन्दु भएर तीन पटक भूकम्पको धक्का
बुधबार बिहानका राति १ बजेर २३ मिनेटमा बागलुङको अधिकारीचौर केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

