बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका ५ मस्तीमा भएको दुर्घटनाका घाइतेहरूको अवस्था बुझ्न पूर्वमन्त्री एवम् सांसद देवेन्द्र पौडेल अस्पताल पुगेका छन् ।
बुधबार बुर्तिबाङबाट मस्ती जाँदै गरेको पिकअप जिप दुर्घटना हुँदा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न बिहीबार सांसद पौडेल धौलागिरि अस्पताल बागलुङ पुगेका हुन् ।
'जिप दुर्घटना हुँदा १७ जना घाइते हुनुभएको थियो, केहीको उपचार भइ घर फिर्ता हुनुभएको छ,' उनले भने, '१३ जनाको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । उहाँहरुको उपचारमा कुनै समस्या नहोस् भनेर अस्पताल प्रशासनसँग पनि भनेको छु ।'
जिपमा सवार १७ जनामध्ये १३ जना घाइतेहरुलाई धौलागिरि अस्पतालमा उपचार भइरहेकाे छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर अन्यको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
ढोरपाटन दुर्घटनाका घाइतेहरूलाई भेटन् अस्पताल पुगे पूर्वमन्त्री पौडेल