प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

आजको बैठकमा सरकारको नियमित काम कारबाही, विभिन्न मन्त्रालयका एजेण्डा, पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारमा बिहीबार दिउँसो एक बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यो मन्त्रिपरिषद्को नियमति बैठक हो। हरेक बिहीबार र सोमबार मन्त्रिपरिषद्को नियमति बैठक हुँदै आएको छ। आजको बैठकमा सरकारको नियमित काम कारबाही, विभिन्न मन्त्रालयका एजेण्डा, पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।