काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।
बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर २ः३० बजेदेखि ३ः३० बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव गत मंसिर ४ को निर्वाचनमा पराजित भए भने संघीय परिषद् अध्यक्ष अशोक राई सांसद निर्वाचित भएका छन् । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् ।
जसपाले आज संसदीय दलको नेता चयन गर्ने
जनता समाजवादी पार्टी (जसपा) ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

