काठमाडौं । वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीले नेकपा एमाले छाडेका छन्। सरावगीले एमालेको साधारण सदस्यसमेत नरहने गरी एमाले पार्टीबाट राजीनामा दिएको जानकारी शुक्रबार सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले राजीनामा पत्र भने गत बुधबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका थिए।
नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य रहेका सरावगीले एमाले पार्टीमा आफूलाई कुनै भूमिका नदिइएको, निष्क्रिय बनाएर राखिएको गुनासो गरेका छन्। यसपछि आफू कुनै पनि दलमा नलाग्ने र स्वतन्त्र रूपमा समाजसेवामा लाग्ने उनले बताएका छन्।
२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) बाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी गत स्थानीय तह निर्वचनभन्दा पहिले २०७८ फागुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए।
वीरगन्जका पूर्वमेयर विजय सरावगीले छाडे एमाले