रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । यसअघि काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरूलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची छ ।

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई संसद बैठकमा बोल्न दिने निर्णय गरेको छ । आज (शुक्रबार) बिहान बसेको संसदीय दलको बैठकले लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो । कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दे सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले यस विषयमा संसदको रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए । काँग्रेस बैठकले लामिछानेलाई रास्वपा सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरेको एक नेताले बताए । संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । यसअघि काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरूलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची छ ।