रूखमा बाँधेर आगो लगाइ २० वर्षीय पुरुषको हत्या

करिब २५ वर्षीय मृतक युवकको पहिचान खुलेको छैन। शव करिब २५ /२० दिन अगाडिदेखि नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ। शव सडिसकेको अवस्थामा छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

रूखमा बाँधेर आगो लगाइ २० वर्षीय पुरुषको हत्या
काठमाडौं । काभ्रेमा एक युवकको क्रुरतापूर्वक हत्या भएको छ। शुक्रबार बिहान साढे ८ बजे पाँचखाल नगरपालिका वडा नम्बर ४ जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको डिएसपी श्रेष्ठले बताए। करिब २५ वर्षीय मृतक युवकको पहिचान खुलेको छैन। शव करिब २५ /२० दिन अगाडिदेखि नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ। शव सडिसकेको अवस्थामा छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।