काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा आजलाई पेसी तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर कांग्रेसले गएको मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
दायर रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ ।
गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणा गरेपछि कांग्रेसले अदालतको ढोका ढकढक्याएको हो ।
गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी