काठमाडौं । काठमाडौंमा एक्कासी ठुलो वर्षा हुँदा त्रिभुवन विमानस्थल भल पसेको छ। दिउँसो २ बजेको समयमा काठमाडौंमा एक्कासी ठुलो वर्षा हुँदा त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भल पसेको हो। विमान स्थलका प्रवक्ता सुवास झाका अनुसार एक्कासि ठूलो पानी पर्दा ड्रेनेज थुनिएर पानी विमानस्थलभित्र छिरेको हो।
भल पसेको भिडियो अजय दासले आफ्नो ट्वीटर एकाउन्टमा सेयर गरेका छन्। विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको दुई भवन जोडिएको गहिरो स्थानमा भल आएको हो। पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको उनले बताए।
उक्त ठाउँमा भल पस्दा करिब १० मिनेट यात्रु र कर्मचारीलाई सास्ती भएको उनको भनाइ छ। यो नयाँ टर्मिनल बन्नु अगाडिकै ड्रेनेज रहेको र उक्त संरचनामा पानी थुनिएका कारण भित्र चुहिन पुगेको उनले जनाए।
त्रिभुवन विमानस्थलमा जब भल पस्यो
उक्त ठाउँमा भल पस्दा करिब १० मिनेट यात्रु र कर्मचारीलाई सास्ती भएको उनको भनाइ छ। यो नयाँ टर्मिनल बन्नु अगाडिकै ड्रेनेज रहेको र उक्त संरचनामा पानी थुनिएका कारण भित्र चुहिन पुगेको उनले जनाए।