काठमाडौं । मातातिर्थ औँसीको अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
मातातीर्थ औँसीको अवसर पारेर आज नगर क्षेत्रमा सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए। मातातिर्थ औँसीको अवसरमा चन्द्रगिरि-६ मातातीर्थ कुण्डमा मेला लागेको छ।
आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन साँझ देखिनै दर्शनार्थीहरु मातातीर्थ मन्दिर पुगेर आमाको प्रतिमामा पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्ने गर्छन्।
काठमाडौँको चन्द्रागिरिमा आज सार्वजनिक बिदा