बिहे गर्ने भन्दै झुक्याएर १५ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

खाँदबारीको एक होटलमा बलात्कार गरेर भागेका आलेमगरलाई गत शनिवार ओखलढुंगाको सिद्धिचरण–११ रमाईलोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए। बालिकाको परिवारले दिएको उजुरीको आधारमा आलेमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिहे गर्ने भन्दै झुक्याएर १५ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ
संखुवासभा । संखुवासभा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। बालिका बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ भिमाद नगरपालिका–२ का ३७ वर्षीय हिमाल मगर भन्ने अभिमान सिं आलेमगरलाई पक्राउ गरेको हो । सदरमुकाम खाँदबारीमा मंगलवार पत्रकार सम्मेलन गरेर बलात्कारमा संम्लग्न भएको आरोपमा तनहुँ भिमाद–२ आलेमगरलाई सार्वजनिक गरेको हो । आरोपित आलेमगरले विवाह गर्ने प्रलोभन देखाएर खाँदबारीस्थित एक होटलमा लगेर १५ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खाँदबारीको एक होटलमा बलात्कार गरेर भागेका आलेमगरलाई गत शनिवार ओखलढुंगाको सिद्धिचरण–११ रमाईलोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए। बालिकाको परिवारले दिएको उजुरीको आधारमा आलेमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।