बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका -३ पुर्कोटमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ ।
सोमबार साँझ वर्षासँगै परेको चट्याङका कारण ५६ वर्षीय कुमबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
उनका अनुसार सोमबार साँझ ७ :३० बजे घरमा बसिरहेका बेला अचानक चट्याङ लाग्दा पुनको मृत्यु भएको हो । चट्याङबाट घाइते भएका पुनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।
बागलुङमा चट्याङ लाग्दा एक जनाको मृत्यु
उनका अनुसार सोमबार साँझ ७ :३० बजे घरमा बसिरहेका बेला अचानक चट्याङ लाग्दा पुनको मृत्यु भएको हो । चट्याङबाट घाइते भएका पुनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।