काठमाडौंको शंखपार्कमा एक युवक मृत भेटिए

‘म अहिले घटनास्थलमै छु, थप अनुसन्धान हुँदैछ,’ उनले भने, ‘मृतकको पहिचान भएको छैन।’ स्थानीयले भने ती युवक कवाडी सामान उठाउने कामदार भएको बताएका छन्।

काठमाडौंको शंखपार्कमा एक युवक मृत भेटिए
काठमाडौं । काठमाडौं महानगरपालिका-४ स्थित शंखपार्कमा सोमबार बिहान एक युवक मृत भेटिएका छन्। शंखपार्कको गेट बाहिर करिब ३० वर्षका युवकका शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले जानकारी दिए। ‘म अहिले घटनास्थलमै छु, थप अनुसन्धान हुँदैछ,’ उनले भने, ‘मृतकको पहिचान भएको छैन।’ स्थानीयले भने ती युवक कवाडी सामान उठाउने कामदार भएको बताएका छन्। युवकको मृत्यु कसरी भयो खुल्न बाँकी रहेको डीएसपी थापाले बताए। प्रहरीले घटनास्थलबाट शव परीक्षणको लागि अस्पताल लैजाने तयारी गरिरहेको छ।