बागलुङ । नेकपा एमालेले बिहीबारदेखि लगाएको निसीखोला गाउँपालिका कार्यालयकाे ताला खोलिएको छ । आइतबार सर्वदलीय बैठकपछि कार्यालयमा लगाइएको ताला खोलिएको हो ।
प्रमुख प्रशासकीय अधिकृतको रूपमा निसीखोला गाउँपालिकामा हाजिर भएका जीवन पुनको ६ दिनमै सरूवा भएपछि नेकपा एमाले निसीखोलाले बिहीबार कार्यालयमा तालाबन्दी गरेको थियो ।
आज बसेको सर्वदलीय बैठकले प्रमुख प्रशासकीय अधिकृतको रूपमा निसीखोला गएका पुनलाई नै सरुवाको रमना नदिई यथावत राख्ने र प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न दिने सहमतिपछि ताला खोलिएकाे गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तीमगरले जानकारी दिए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृतको सरूवालाई रद्द गर्न आवश्यक समन्वय गर्ने निर्णय भएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको रुपमा निसीखोला गएका पुनको वैशाख १८ गते भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालयमा सरुवा भई पदस्थापन भएको पत्र आएको थियो । प्रमुख प्रशासकीय अधिकृतको सरूवाको विषयलाई छानविन गर्न ७ सदस्यीय छानविन समिति समेत गठन गरिएको छ ।
यसअघि पनि दुई जना प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकाले हाजिर नगराई फिर्ता पठाएको थियो भने लामो समयसम्म निमित्तको भरमा पालिकाको कामकाज चल्दै आएको थियो ।
प्रमुख प्रशासकीयलाई सरूवाको रमना नदिई निसीखोलामै राख्ने निर्णयपछि खुल्यो पालिकाको ताला
प्रमुख प्रशासकीय अधिकृतको रुपमा निसीखोला गाउँपालिकामा हाजिर भएका जीवन पुनको ६ दिनमै सरुवा भएपछि नेकपा एमाले निसीखोलाले बिहीबार कार्यालयमा तालाबन्दी गरेको थियो ।

