काठमाडाैं । प्रतिनिधि सभामा १२ सिट रहेको जनता समाजवादी पार्टी नेपाल फुटेको छ । जसपा नेपाल फुटाएर सांसद अशोक राई नेतृत्वमा प्रस्तावित नाम जसपासहित ७ सांसद हस्ताक्षर बुझाउनेसहितका प्रक्रियामा निर्वाचन आयोग पुगेका हुन् ।
नयाँ दल दर्ताको लागि राईसहित वीरेन्द्र महतो लगायतका नेता निर्वाचन आयोग पुगेका हुन् । पार्टी फुटाउन तयार हुने सांसदमा अशोक राई, प्रदीप यादव, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर छन् ।
यी मध्येका नवलकिशोर साह सुडी सरकारमा वन तथा वातावरणमन्त्री छन् । जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य मन्त्री छन् । उनी अमेरिका भ्रमणमा रहेका बेला पार्टी विभाजमा पुगेको हो । प्रचण्ड नेतृत्वको सरकारमा जसपाका एक राज्यमन्त्रीसहित तीन मन्त्री छन्।
यी हुन् जसपा फुटाउन हस्ताक्षर गर्ने मन्त्रीसहित ७ सांसद