काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको यात्रुवाहक बस त्रिवि परिसमै दुर्घटना भएको हो ।
त्रिभुवन विश्वविद्यालयको आयुर्वेदिक भवन अगाडी भएको दुर्घटनामा परी प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । प्रा.डा.रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् ।
दुर्घटनामा परेर अरू ३ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते भएका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
बस दुर्घटना हुँदा कीर्तिपुरको त्रिवि परिसरमै गुम्यो प्राध्यापक रिजालको ज्यान