सन्दीपको मुद्दा हेर्न नमिल्नेमा

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार उच्च अदालतले पेसी पहिलो नम्बरमै राखेको थियो। उच्चका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलामा मुद्दाको सुनुवाइ तोकिएको भएपनि मुद्दा हेर्न नमिल्नेमा परेको हो।

सन्दीपको मुद्दा हेर्न नमिल्नेमा
काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको पुनरावलोकनले प्राथमिकता पाएपनि हेर्न नमिल्नेमा परेको छ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार उच्च अदालतले पेसी पहिलो नम्बरमै राखेको थियो। उच्चका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलामा मुद्दाको सुनुवाइ तोकिएको भएपनि मुद्दा हेर्न नमिल्नेमा परेको हो। अघिल्लो पेसीमा न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा मुद्दालाई प्राथमिकतामा राख्न आदेश दिएका थिए। त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो। हेर्न निमल्ने कारण सार्वजानिक नभएपनि सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले मुद्दा हेर्न नमिल्नेमा परेको बताए। अब मुद्दा कम्तीमा अर्को साताका लागि सरेको छ।