पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (आइतबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्री नियुक्ति भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार उनले आज विश्वासको मत लिने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
उनी गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सरकार गठनमा सभामुखलाई गणना गर्दै चैत २५ मा खगराज गण्डकीको मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च पुगेका थिए ।
उनको रिटलाई खारेज गर्दै सर्वोच्चले मुख्यमन्त्री खगराजको पद थमौती गरेको थियो । ६० सदस्यीय गण्डकीमा विश्वासको मतका लागि संविधानअनुरुप ३१ सांसद आवश्यक पर्छ ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन उनको दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले ह्वीप जारी गरेका छन् । विश्वासको मत लिनुभन्दा अघिल्लो दिन शनिबार बसेको ती पार्टीहरूको संसदीय दलको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेका हुन् ।
अधिकारीलाई २ सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने समर्थन नगर्ने संकेत गरेको छ । यो अवस्थामा विश्वासको मत पाउन सकस देखिन्छ ।
आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री अधिकारी
उनको रिटलाई खारेज गर्दै सर्वोच्चले मुख्यमन्त्री खगराजको पद थमौती गरेको थियो । ६० सदस्यीय गण्डकीमा विश्वासको मतका लागि संविधानअनुरुप ३१ सांसद आवश्यक पर्छ ।

