काठमाडौं । सन् २०२५ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार प्रकाशित हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले डीभी भिसा २०२५ को छनोट आज हुने जनाएको छ ।
शनिबार (वैशाख २२ गते) राति ९ बजेबाट डीभीको नतिजा हेर्न सकिने दूतावासले जनाएको छ । शनिबार राति ९ बजेपछि यहाँ क्लिक गरेर हेर्नुस् डीभीको नतिजा ।
नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ ।
छनोट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोराको इमेल पठाउँदैनन् ।
डीभी रिजल्टको आज, यसरी हेर्नुस्
सन् २०२५ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार प्रकाशित हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले डीभी भिसा २०२५ को छनोट आज हुने जनाएको छ ।

