१८ जना एसएसपीको सरुवा

यो निर्णयसँगै विभाग र बाहिनीहरूका एसएसपी फेरिएका हुन्। एसएसपीसँगै डीआईजीहरूको पनि सरुवा गरिएको छ। एक वर्ष पूरा भइसकेका डीआईजीको नियमित सरुवा गरिएको हो।

१८ जना एसएसपीको सरुवा
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। गृहमन्त्री रवि लामिछानेले उनीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन्। साधारण समूह तर्फका १६ जना र इन्जिनियरिङ तर्फका २ जना एसएसपीको सरुवा गरिएको छ। यो निर्णयसँगै विभाग र बाहिनीहरूका एसएसपी फेरिएका हुन्। एसएसपीसँगै डीआईजीहरूको पनि सरुवा गरिएको छ। एक वर्ष पूरा भइसकेका डीआईजीको नियमित सरुवा गरिएको हो।