नेपाललाई २२८ रनको विशाल लक्ष्य

वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चार्ल्सले शानदार शतक बनाए । चार्ल्सले ६१ बलमा ११९ रन बनाए । उनले यसक्रममा १३ चौका र ७ छक्का प्रहार गरे ।

नेपाललाई २२८ रनको विशाल लक्ष्य
काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो । वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चार्ल्सले शानदार शतक बनाए । चार्ल्सले ६१ बलमा ११९ रन बनाए । उनले यसक्रममा १३ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए । उनले ३३ बलमा ५३ रन हिर्काए । यस क्रममा उनले ४ चौका र ३ छक्का हिर्काए । फाबियन एलनले ९ बलमा १९ रन तथा एलिक अथान्जेले १० बलमा १७ रनको योगदान दिए । शृङ्खला अहिले १–१ को बराबरीमा रहेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुग्यो ।