निसीखोलाका प्रमुख प्रशासकीय अधिकृत पुन हाजिर भएको हप्तादिनमै सरूवा

'बैशाख १२ गते संघीय मन्त्रालयल पठाएको कर्मचारी हामीले हाजिरी गराएका थियौं,' उनले न्यूज खरीसँग भने. 'कस-कसको स्वार्थमा कर्मचारीको एक हप्तामै सरुवा हुन्छ मलाई थाहा छैन ।'

निसीखोलाका प्रमुख प्रशासकीय अधिकृत पुन हाजिर भएको हप्तादिनमै सरूवा
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन पुन मगरको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई हिजो (मंगलबार) भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालय अन्तर्गत सरुवा गरेको हो । पुन बैशाख १२ गते निसीखोला गाउँपालिकाको कार्यालयमा हाजिरी भएका थिए । गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्तीगरले बैशाख १२ गते गाउँपालिकामा पुनलाई हाजिरी गराएको बताए । 'बैशाख १२ गते संघीय मन्त्रालयल पठाएको कर्मचारी हामीले हाजिरी गराएका थियौं,' उनले न्यूज खरीसँग भने. 'कस-कसको स्वार्थमा कर्मचारीको एक हप्तामै सरुवा हुन्छ मलाई थाहा छैन ।' मन्त्रालयले कर्मचारी पठाउँदा पालिकासँग समन्वय गरी पठाउनुपर्ने उनको भनाइ छ । 'जनताको कामका लागि राष्ट्रसेवक कर्मचारी आउँछन् हप्ता दिन नबित्दै जान्छन्, यसले कहिकतै कर्मचारी वा जनप्रनिधिको स्वार्थ बाँझिएको देखिन्छ' उनले भने । यस अघि पनि मन्त्रालयले पठाएको कर्मचारीलाई हाजिर गर्न नदिइ गाउँपालिकाले फिर्ता पठाएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा दीलिपकुमार चन्दले जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रमुख प्रशासकीय अधिकृत पुनको सरुवा भएपछि उनको ठाउँमा कुनै पनि कर्मचारीलाई खटाइएको छैन ।