काठमाडौं । प्रहरीले अभियुक्तलाई गोली हानेर नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक बब्लु पासवान रहेका छन् ।
उनी २०७९ सालमा काठमाडौंको गोठाटार भएको हत्याकाण्डका मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ । त्यसयता उनी प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए ।
पर्साका एसपी कुमोध ढुंगेलले उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको जानकारी दिए । उनको साथबाट पेस्तोल बरामद भएको बताइएको छ ।कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा २०७९ असोजमा गोली प्रहारबाट मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो ।
वीरगन्जमा गोली चल्यो