इलाम-२ :  खड्का भन्दा सुहाङ १००१ मतले अगाडि

चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बुले ५६१ मत ल्याएका छन्। अहिलेसम्म फाकफोकथुम गाउँपालिका १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ।

इलाम-२ :  खड्का भन्दा सुहाङ १००१ मतले अगाडि
काठमाडाैं ।  इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कालाई १००१ मतले पछि पारेका छन्। पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत ल्याएका छन् भने खड्का २७८२ मत ल्याएर दोस्रो नम्बरमा छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन्। उनले ७८४ मत पाएका छन्। चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बुले ५६१ मत ल्याएका छन्। अहिलेसम्म फाकफोकथुम गाउँपालिका १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ।