सिधाकुराका प्रकाशक र सम्पादकविरुद्ध अदालतमा अवहेलना मुद्दा

सर्वोच्चका न्यायाधीश समेत संलग्न भएर ‘सेटिङ’मा अख्तियारको ‘स्टिङ अपरेसन’लाई अवैध हुने फैसला गरेको भन्दै सिधाकुराले गएको शुक्रबारदेखि ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रसारण गरेको थियो । त्यसलाई सुमोटो (आफैँले सरोकारमा लिएर) लिएर सर्वोच्चमा अवहेलना मुद्दा सुरु भएको हो ।

सिधाकुराका प्रकाशक र सम्पादकविरुद्ध अदालतमा अवहेलना मुद्दा
काठमाडौं । सिधाकुरा अनलाइन, त्यसका सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेलविरुद्ध आइतबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ । सर्वोच्चका न्यायाधीश समेत संलग्न भएर ‘सेटिङ’मा अख्तियारको ‘स्टिङ अपरेसन’लाई अवैध हुने फैसला गरेको भन्दै सिधाकुराले गएको शुक्रबारदेखि ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रसारण गरेको थियो । सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेलना निवेदन दायर गरेका छन् ।