काठमाडौं । इन्जिन मर्मतमा गएको नेपाल वायुसेवा निगमको एक न्यारोबडी जहाज ५ महिनापछि फर्किएको छ ।
वायुसेवा निगमका अनुसार १५ मंसिरमा इन्जिन परिवर्तन गर्न इजरायल गएको निगमको ९ एन एकेएक्स कलसाइनको जहाज आवश्यक मर्मत सकेर शनिबार राति काठमाडौं विमानस्थलमा अवतरण गरेको हो । यो जहाजले आइतबारदेखि नै उडान गर्ने वायुसेवा निगमको भनाइ छ ।
जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आएपछि इजरायलमा मर्मत गर्न गएको थियो । मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरुको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको निर्धारित समयमा जहाज नआएको निगमको भनाइ छ ।
यो जहाज १० बैशाखमै आउने भनिएपनि मर्मत सकेर उडान भर्ने तालिका तय भइसकेपछि ल्याण्डिङ गेयरको अल्टरनेटिभ ब्रेकिङ सिष्टममा प्राधिक समस्या देखिएपछि निर्धारित समयमा आउन नसकेको निगमको भनाइ छ ।
१५८ सिट क्षमताको ९ एनए एकेएक्स कलसाइनको लुम्बिनी नामक उक्त जहाज इन्जिन परिवर्तन गर्न इजरायलको इजरायल एरोस्पेस इन्ड्रष्ट्रिज (आईएआई) गएको ५ महिना भएको छ । उक्त जहाजले इन्जिन निर्माण कम्पनी आईएआईको इन्जिन भाडामा लिएर आफूसँग भएको इन्जिन मर्मत गर्न छोडेको थियो ।
आफ्नै इन्जिन उक्त कम्पनीले नबनाइदिएको र निगम व्यवस्थापले समयमा नै उपयुक्त निर्णय गर्न नसक्दा ५ महिनासम्म एउटा न्यारोबडी थन्किँदा मात्रै करिब सवा ३ अर्ब रुपैयाा जहाजको उडानबाट हुने रकम घाटा लागेको छ ।
निगमले अहिले पनि एउटा न्यारोबडी उडाउन नसक्दा दैनिक १ करोड ६ लाख भन्दा बढी घाटा छ । मासिक ६६ करोड औषतका दरले ५ महिनामा २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम निगमलाई घाटा भइसकेको छ । यो जहाज मर्मतमा भएको खर्चको हिसाव अबै आएको छैन ।
५ महिनापछि नेपाल फर्कियो न्यारोबडी जहाज
यो जहाज १० बैशाखमै आउने भनिएपनि मर्मत सकेर उडान भर्ने तालिका तय भइसकेपछि ल्याण्डिङ गेयरको अल्टरनेटिभ ब्रेकिङ सिष्टममा प्राधिक समस्या देखिएपछि निर्धारित समयमा आउन नसकेको निगमको भनाइ छ ।

