इलाम-२ : कांग्रेसका खड्का भन्दा एमालेका सुहाङ अगाडी

तर, वडा नम्बर ४ मा भने सुहाङ ठूलो मतान्तरसहित अघि लागेका छन्। पछिल्लो मतपरिणाम अनुसार सुहाङले यो वडामा ९१२ मत ल्याएका छन् भने डम्बरले ५ सय ३९ मत ल्याएका छन्।

इलाम-२ : कांग्रेसका खड्का भन्दा एमालेका सुहाङ अगाडी
काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन्। यसअघि कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता कायम राखिरहेका थिए। अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना भइरहेको छ। जसमध्ये वडा नम्बर १, २ र ३ को गणना हुँदा डम्बरले अग्रता लिएका थिए। तर, वडा नम्बर ४ मा भने सुहाङ ठूलो मतान्तरसहित अघि लागेका छन्। पछिल्लो मतपरिणाम अनुसार सुहाङले यो वडामा ९१२ मत ल्याएका छन् भने डम्बरले ५ सय ३९ मत ल्याएका छन्। अहिलेसम्मको मतपरिणाम अनुसार सुहाङको कुल मत २५४२ पुगेको छ भने डम्बरको २१९७ पुगेको छ। उनीहरूबीचको मतान्तर ३४५ रहेको छ।